देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस पार्टीमा व्यक्ति भन्दापनि विधि के भईरहेको छ? भन्ने चासोको विषय हाे: प्रदिप पौडेल

देशान्तर

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य प्रदिप पौडेलले तत्काल पार्टी सभापति शेरवहादुर देउवाले पार्टीको केन्द्रिय समिति र महासमितिको बैठक डाक्नुपर्ने बताए ।

देउवाकै कमजोरीका कारण पार्टीले समयमै निर्वाचनको समिक्षा गर्न नसक्दा कांग्रेस पार्टी भित्र विभिन्न समुहगत छलफल हुनु र यस्ता बिषयलाई लिएर विभिन्न टिक्काटिपन्नी बाहिर आउनु स्वभाविक भएको तर्क गरे ।

देशान्तर सम्बादसँग कुराकानी गर्दै उनले तत्काल पार्टीको केन्द्रिय समिति र महासमितिको बैठक अरिहार्य रहेको बताए । पौडेलले भने ‘पार्टी प्रवक्ता जसरी पार्टी सभापतिले नियुक्त गर्नुभयो’, त्यो स्वागतयोग्य छ’, तर ‘नेपाली कांग्रेस पार्टीमा अहिलेको व्यक्ति के भयो ? भन्ने भन्दा पनि विधि के भईरहेको छ’, भन्ने चासोको विषय रहेको बताए ।

उनले पार्टीले अब बोलाउने महासमिति बैठकले विशेष वा छिटो महाधिवेशन सहित पार्टीलाई पुर्नजीवन दिने एजेण्डा पारित गर्ने दावी गरे ।