काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लागू गरेका नीतिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।
शनिबार कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा पुगेर उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताएका हुन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका उनले यस विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिवासीको ठूलो योगदान रहेको उल्लेख गरे ।
प्रतिक्रिया