देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसी मोर्चाले छुट्टै संशोधन प्रस्ताव दर्ता गर्ने

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो छुट्टै संशोधन दर्ता गराउने भएको छ । 

बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै मोर्चाको प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गरे । 

अध्यक्ष ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई नरोक्ने दाबी पनि गरे । 

“सङ्क्रमणकालीन अवस्थामा संविधानको धारा २७४ ले संशोधनलाई छेक्दैन, यो अहिले निस्क्रिय छ, प्रदेशसभा गठन भइसकेपछि मात्र सक्रिय हुने भएकाले यसको अहिले औचित्व छैन”– उनले भने । 

सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति आफूहरुको सरोकार नरहेको बताउँदै अध्यक्ष ठाकुरले भने– “हाम्रा माग पूरा नभएसम्म विरोध जारी रहन्छ ।” 

]]>