काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका नेता सम्मिलित कार्यदलको बैठक बसेको छ । वाम गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार र प्रदेशसभामा सरकार गठनसमेतका विषयमा सहमति खोज्न कार्यदल गठन भएको थियो।
बैठकमा राष्ट्रियसभामा साझा उम्मेदवार पठाउने विषयमा छलफल भएको कार्यदलका एक सदस्य एमाले नेता सुवास नेम्वाङले बताए । उनले भने, ’प्रदेशको मुख्यमन्त्री समेत कार्यदलले सिफारिस गरेको व्यक्ति हुनेछन्।
बैठकमा नेम्वाङसहित माओवादी केन्द्रका रामबहादुर थापा वादल र मात्रिका यादव सहभागी थिए। सिंहदरबारमा बसेको बैठकमा एमालेतर्फबाट सदस्य बनेका शंकर पोखरेल र सुरेन्द्र पाण्डे एवं माओवादी केन्द्रका वर्षमान पुन भने उपस्थित थिएनन्।
वाम गठबन्धन एकता संयोजन समितिले दुवै पार्टीबाट ३र३ जना नेता रहनेगरी कार्यदल गठन गरेको थियो। नेम्वाङले आजदेखि कार्यदल सक्रिय भएको र आगामी दिनमा साझा कार्यक्रम तय गर्ने बताएका छन्।
प्रतिक्रिया