देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसले २२ जिल्लाका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला डाक्ने

देशान्तर

काठमाण्डौं ।
नेपाली कांग्रेसका २२ जिल्ला सभापतिहरुको भेलाले पार्टीको संगठन सुदृढीकरणका लागि जिल्ला सभापतिहरुको राष्ट्रिय भेला डाक्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा हिजो र आज बसेको सभापतिहरुको भेलाले चुनावमा पार्टीले व्यहोरेको हारको समीक्षा र पार्टीलाई चलायमान बनाउने कार्ययोजना समेत तयार पार्ने निर्णय गरेको सिन्धु कांग्रेसका सभापति विकास लामाले जानकारी दिए । जिल्ला सभापतिहरुको भेला बोलाउने बारे पार्टीले कुनै पहल नगरेका बेला स्वतस्स्फुर्त बसेको भेलाले आन्तरिक भेटघाट बाक्लो पार्ने निर्णय गरेको छ । राष्ट्रिय भेलाको समन्वय गर्न सिंचाई मन्त्री एवम् बर्दिया कांग्रेसका सभापति सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति गठन गरिएको छ । समितिले राष्ट्रिय भेलामा छलफल चलाउने विषयको समेत छिनोफानो गर्नेछ ।

भेलाले उच्च हिमाली र पहाडी २२ जिल्लालाई दुर्गम क्षेत्रमा राख्न सरकारको ध्यानाकषर्ण गराउने निर्णय गरेको छ । पार्टी नेतृत्व परिवर्तनका लागि महासमिति बैठक वा विशेष महाधिवेशन बोलाउने बारे भेलामा कुनै छलफल नभएको लामाले बताए । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा मात्रै ती विषयमा छलफल चलाइने उनले उल्लेख गरे । भेलामा जाजरकोट, हुम्ला, जुम्ला, रामेछाप, धादिङ्ग, दोलखा, कास्की, कैलाली, मनाङ, मुस्ताङ, मुगु, सिन्धुपाल्चोक, बर्दिया लगायतका जिल्ला सभापतिहरु उपस्थित थिए ।