देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठगी धन्दा चलाउने तीन पक्राउ

देशान्तर

युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भइ हाल कास्कीको पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा, चापकोट नगरपालिका–४ घर भइ हाल पोखरा बस्ने प्रदीप गिरी र झापा, गौरादह नगरपालिका– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भनी राहदानीमा नक्कली प्रवेशाज्ञा लगाइ प्रतिव्यक्ति रु ८ लाख ५० हजार लिएर टर्कीमा र्पुयाइ दुई महिनासम्म श्रमशोषण गरी अलपत्र पारेका थिए ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले हालसम्म ८ जना पीडित व्यक्ति ब्यूरोको सम्पर्कमा आएको र अरु व्यक्ति पनि पीडित भएको हुनसक्नेबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतको आदेशले म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ ।