देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ईपीजी बैठकः सुरु १९५० को सन्धि खारेजीका लागि नेपालले आफ्नो धाराणा राख्दै

देशान्तर

नेपाल र भारतबीच भएका पुराना सन्धि सम्झौताको पुनरावलोकनाका लागि सुझाव दिन गठित दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको आजदेखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ ।

ईपीजीको बैठकमा सहभागी हुन नेपाली टोली हिजो नै दिल्ली पुगेका छन् । नेपाली टोलीमा सदस्यमा भेषबहादुर थापा, सुर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र डा राजन भटट्राई रहनुभएको छ ।

हालसम्म भएका बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि सन् १९५० को पुनारावलोकनका लागि छलफल चलिरहेको छ ।

गत वर्ष असारमा भएको पहिलो बैठकदेखि नै दुई देशबिच भएका असमान सन्धि सम्झौता पुनरावलोकनका लागि छलफल हुँदै आएको छ ।