नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणकालागि गठन गरेको कार्यदलले आजदेखि आफ्नो काम शुरु गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित हिजो बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि आजबाटै कार्यदलले काम शुरु गर्ने भएको हो ।
कार्यदलले चारवटा मापदण्डका आधारमा काम शुरु गर्ने सहमति भएको कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उहाँले दुई पार्टी छिट्टै पार्टी एक हुने दाबी गर्नुभयो ।
कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने छ ।
प्रतिक्रिया