काठमार्डौ । राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसंगै निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ ।
निर्वाचन आयोगले १० माघमा उम्मेदवारको मनोनयनपत्र दर्ताकालागि समय तोकेर राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले प्रत्येक प्रदेशमा नियुक्त भएका निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा २९ पुसमा स्थापना गर्नेगरी तयारी थालेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सकिएको लामो समय पछि हुन थालेको राष्ट्रिय सभाको निर्वाचनको मिति तय भएसंगै कार्यतालिका वनाएर निर्वाचन तयारीमा आयोग लागेको हो ।
प्रतिक्रिया