काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका छन् ।
बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, स्वास्थ्यमा कुनै समस्या छैन । तर, किड्नी ट्रान्सप्लान्ट गरेका मान्छे भएकाले चिकित्सकहरुको सल्लाह अनुसार जान लागेको हुँ ।’
केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’
प्रतिक्रिया