आजदेखि सरकारले सिमेन्ट र छड वोकेर राजधानी भित्रिने ट्रक तथा कन्टेनरलाई सिलवन्दी गर्ने भएको छ ।
सिमेन्ट तथा फलामे छड अस्वभाविक रुपमा मूल्य वृद्धि भएको भन्दै विरोध भएपछि आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजदेखि ट्रक तथा कन्टेनरलाई नियन्त्रणमा लिई सिलवन्दी गर्ने भएको हो ।
सिमेन्ट तथा छड वोकेर काठमाडौतर्फ आउने ट्रक तथा कन्टेनरलाई धार्के वा नागढुंगामा रोकेर सिलवन्दी गरिने आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिनुभएको छ ।
यस्तो सिलवन्दी सवै सवारी साधनलाई नभै नमुनाका रुपमा केहि सवारी साधनलाई मात्र गरिने दाहालले वताउनुभएको छ ।
सिलवन्दीका लागि सुरक्षाकर्मिको सहयोगमा विभागले टोलि परीचालन गर्ने जनाएको छ ।
प्रतिक्रिया