देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिस्थापित राजा ज्ञानेन्द्रको घुमफिरको अर्थ

देशान्तर

काठमाडौं । एक साता अघि परिवार सहित पश्चिम नेपालको धार्मीक भ्रमणमा निस्किएका बिस्तापित राज ज्ञानेन्द्र शाह भारतको उत्तर प्रदेश पुगेका छन । शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका छन् । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारतको लखनाउ पुगेर योगीलाई भेटेका हुन् ।

शाह र योगीबीच सोमबार बिहान लखनउमा भेटघाट भएको योगीले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् । योगीले लखनउस्थित सरकारी निवासमा नेपालका बिस्थापित राजा ज्ञानेन्द्र विक्रम शाहसँग भेट गरेर दोसल्ला ओढाएर कुम्भको लोगो प्रदान गरेका छन । योगीले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । आदित्यनाथसँग सम्बन्ध राम्रो भएकाले पनि उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र लखनउ गएको बताइएको छ ।

पश्चिम नेपालको भ्रामणमा निस्किएपछि शाहले पुर्बराजावादी दलका नेताहरुलाई भेटेर यस्तै अवस्था रहे आफुले यसअघि दिदै आएको आर्थिक सहयो समेत रोक्ने चेतावनी दिएका थिए । राप्रपा अध्यक्ष कमल थापाको मण्डले शैलीप्रति असहमती जनाउदै शाहले अहिले सम्म दिदै आएको सबै खर्च रोक्ने चेतावनी दिएका थिए ।

धार्मीक भ्रमणमा निस्किएका शाहले राजसंस्था सहितको हिन्दुराज्य स्थापना गर्ने जिम्मा लिएका राप्रपा अध्यक्ष कमल थापाले धोका दिएको भन्दै उनले दिदै आएको सबै खर्च रोक्ने चेतावनी दिएका हुन ।

पश्चिम नेपालमा रहेका शाहलाई भेट्न उतै पुगेका अध्यक्ष थापाले शाहको खप्की खाएपछि फर्किएर डाकेको केन्द्रीय समितिको बैठकमा राप्रपाको हारको कारण कांग्रेस भएको आरोप लगाएका थिए ।

सत्ता बाहिर रहँदा सधै कांग्रेसको बिरोध गर्ने राप्रपा अध्यक्ष कमल थामा अहिले कांग्रेस नेतृत्वको सरकारका उपप्रधानमन्त्री छन । माओबादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व कालमा कांग्रेस नेता तथा तत्कालिन उपप्रधान एवं गहृमन्त्री बिमलेन्द्र निधिसंग पोर्टफोलियो नमिलेको भन्दै संकटपुर्ण अवस्थामा सरकार छाडेका थिए । पार्टी बनाएर कुनै राजसंस्था प्रति काम नगरेको भन्दै शाहले उनलाई झपारेका थिए ।

बिस्थापित राजा ज्ञानेन्द्रले हुर्काएर अहिले सम्म राजनितिमा कामय रहेका पुर्व मण्डले थापाले गएको निर्वाचनमा आफ्नो पार्टीको अस्तित्व नरहने भएपछि कांग्रेसको सरणमा आएका थिए ।

कांग्रेसलाई तालमेलको नाउ दिएर धोका दिएका थापाले झापा क्षेत्र नम्बर ३ बाट महामन्त्री राजेन्द्र लिङदेललाई र रुपन्देहीबाट दिपक बोहोरालाई सहमति बिपरित उमेद्वार बनाएका थिए ।

दोस्रो संबिधानसभाको निर्वाचनमा समानुपातिकबाट २३ सिट पाएका थापाको पार्टी अहिले राष्ट्रय पार्टी समेत बन्न सकेन । हालै सम्पन्न राप्रपाको केन्द्रयि समितिको बैठकमा उनले कांग्रेसका कारण हारेको जवाफ दिएका छन ।

शाहले आफ्नो भारतीय सरकारसंग पनि कुरा भईरहेको र भारतले नेपालमा हिन्दुराज्य होस भन्ने चाहना राखेको बताएका छन । राप्रपा नेता गिरि निकट स्रोतले निर्वाचन अघि सम्म ज्ञानेन्द्र शाहले मासिक ४० हजार पार्टी खर्च दिदै आएको र निर्वाचनको समयमा थापाले शाहबाट धेरै रकम लिएको बताएको छ ।

शाहले थापालाई अहिले फुटेका पार्टीलाई एक बनाउन र आवस्यकता अनुसार अन्र्तराष्ट्रि कम्युनिष्ट संगठनहरुसंग पनि सम्पर्क बढाउन निर्देशन दिएका छन ।

उनले भारतमा भाजपाको हिन्दुवादी सरकार रहेकोले अहिले उसले सहयोग गर्ने र अन्र्तराष्ट्रिय कम्युनिष्टहरुको समुह रिमसंग सम्बन्ध राखे एमाले र माओबादीमा पनि खेल्न सकिने सुझाव दिएका छन । शाहले नेपाल पछिल्लो अवस्था संकल गरेर भारत भएको बताईएको छ ।