काठमडौं । पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटको आइतबार औपचारिक रुपमा उद्घाटन भएको छ । पाकिस्तानको गद्याफी स्टेडियमको अल हम्रा आर्टस् काउन्सिल एडिटरियममा भएको भव्य उद्घाटन समारोहमा पाकिस्तानको संस्कृती परम्परा झल्कने किसिमको प्रस्तुती प्रदर्शन गरिएको थियो ।
विश्वकपको शुभारम्भ दुबई र पाकिस्तानमा एकसाथ भएको थियो। दुवै देशमा भएको मार्चमास प्रत्यक्ष प्रशारण गरिएको थियो । पाकिस्तानमा भएको विश्वकप उद्घाटनको मार्चपासमा नेपालका कप्तान कृतन श्रेष्ठ दुवालले नेपालको झन्डा बोकेका थिए ।
नेपाली टोलीले मार्च पास गर्दा पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र समर्थकले भव्य स्वागत गरेका थिए । बंगलादेशका कप्तान तान्जिलुर रहमान र पाकिस्तानका कप्तान निसार अलिले आफ्नो देशको झन्डालाई बोकेका थिए ।
सो अवसरमा स्थानीय अशक्त बालबालिकाले विभिन्न किसिमा प्रस्तुती प्रस्तत गरेका थिए । यस संस्करणको विश्वकप क्रिकेटको पहिलो खेल भने सोमबार आज आयोजक पाकिस्तान र बंगलादेशले लाहोरको गद्याफी स्टेडियममा तथा दुबईको अजमान ओभल क्रिकेट ग्राउन्डमा भारत र अस्ट्रेलियाबीच हुनेछ ।
नेपालले भने आफ्नो पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ ।
प्रतिक्रिया