एमालले स्थायी कमिटिको बैठक आज बस्दैछ। माओबादीसँगको एकता, सरकार गठनमा भएको ढिलाई र पार्टी अध्यक्षको उपचारका विषयमा छलफल गर्न एमालेले स्थायी समितिको बैठक बोलाएको हो।
बैठक दिउँसो दुई बजे पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्नेछ। शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा एमाले र माओवादीबीचको एकता प्रक्रियाका संवाद रोकिएको अवस्थामा एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो।
कार्तिक १५ गतेपछि दुई पार्टीको एकता संयोजन समितिको बैठक बस्न सकेको छैन्।
प्रतिक्रिया