देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शाही शासनविरुद्ध गगनले हानेको ढुंगाले अहिले वामगठबन्धनको ‘टाउको फुट्यो’

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा वामपन्थीहरुलाई टाउको दुखाईको विषय बनेका छन् । निर्वाचनमा वाम गठबन्धनले अनेक तिकडम र दुष्प्रचार गरेपनि काठमाडौं ४ मा गगन थापालाई हराउन सकेन । देशैभरी बलियो उपस्थिति भएपनि गगनको क्षेत्र र उनले चुनावी प्रचार अभियानमा भाग लिएका अधिकांश क्षेत्रमा भोट प्रभावित भएको आँकलन खासगरी एमालेको रहेको छ ।

गगनको बढ्दो लोकप्रियताले वाम गठबन्धन र त्यहाँ रहेका युवा नेताहरु क्रोधित छन् । यही कारण उनलाई बदनाम गराउन अनेक प्रपञ्च भइरहेको छ । प्रसंग यतिसम्म भएको छ की लोकतान्त्रिक जनआन्दोलन ताका गगन थापाले शाही शासन विरुद्ध प्रहार गरेको ढुंगाले मूर्धन्य वामहरुलाई बल्ल चोट लागेको छ । गगनले त्यतिबेला प्रहार गरेको ढुंगाल आफ्नै टाउकोमा चोट लागेझै वाम प्रचारकहरु सामाजिक सञ्जालमा सक्रिय बनेका छन् ।

विद्यार्थीकालमा सडक आन्दोलनका समयमा शाही सरकारविरुद्धको झडपमा गगनले ढुंगा प्रहार गर्दै गरेको तस्विरलाई यतिबेला सामाजिक सञ्जालमा भाइरल बनाइको छ । वाम प्रचार संयन्त्रले गगनलाई अराजकभन्दै आन्दोलन ताकाको फोटोका आधारमा राजनीतिक संस्कारको बहस चलाएका छन् । त्यसको प्रतिक्रियामा सामाजिक सञ्जालमा हजारौंले गगनलाई नै समर्थन गरेका छन् ।

अधिकांशको प्रतिक्रिया छ– गगन थापाको लोकप्रियताबाट आत्तिकएका वामहरु दुष्प्रचार गरेर भएपनि गगनको हुर्मत लिन प्रयास गरिरहेका छन् तर तिनलाई के थाहा गगन नेपाली राजनीतिका सबैभन्दा आशा गरिएका र मौका पाउँदा आफूलाई प्रमाणित गरेका नेता हुन् ।