देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वका ७० मुलुकमा नेपाली खाना र संस्कृतिको प्रचार गरिने

देशान्तर

काठमाडौँ । नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लगिने भएको छ । स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो ।

कार्यक्रमका संयोजक सुरेशचन्द्र बस्नेतले नेपालको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्म रहेका संस्कृति र नेपालको खानालाई विश्वसम्म पु¥याउन उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।

‘नेपालको इटहरी, सौराहा, जनकपुर, पोखरा, नेपालगञ्ज लगायतका क्षेत्र र विश्वका टर्की, अष्ट्रेलिया, अमेरिका, बेलायत लगायतका ७० मुलुकमा कार्यक्रम लैजान लागेका छौँ’ – संयोजक बस्नेतले भने । उक्त अभियानले नेपालमा विदेशी पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।