काठमाडौं।
भूकम्पले क्षति पुर्याएका ९ सय ४ वटा खानेपानी आयोजना पुनःनिर्माण भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा ३ हजार २ सय १२ वटा खानेपानी आयोजनामा क्षति पुगेको थियो । त्यसमध्ये ९ सय ४ वटा आयोजना निर्माण सम्पन्न भएको हो । १ हजार ८ सय ६९ आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
प्राधिकरणले खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि यस वर्ष एक अर्ब १० करोड बजेट छुट्याइएको छ । छ । खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्रवक्ता भुसालले बताए ।
प्रतिक्रिया