देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजनिक सवारी साधनमा सादा पोशाकमा प्रहरी

देशान्तर

काठमाडौं

यौनजन्य हिंसा निरुत्साहित गर्न काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा सोमबारदेखि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ

सेफ्टी पिन क्याम्पेन अन्र्तगत स्टिङ अपरेसनको रुपमा २० वटा टोलीमा सादा पोशाक प्रहरी सार्वजनिक गाडीमा परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा रहेको महिला सेल शाखाले जनाएको छ । भक्तपुर, ललितपुर र काठमाडौँमा चल्ने गाडीमा बिहान ९ देखि १२ बजेसम्म र दिउँसो ३ देखि ६ वजेसम्म प्रहरी परिचालन गरिएको महिला सेलकी प्रहरी नायव निरीक्षक सुष्मा कठायतले जानकारी दिए । यसका साथै महिला तथा बालबालिकामाथि यौनजन्य हिंसा भएको देखेमा प्रहरीको हटलाइन नम्बर १०० र ९८५१२८९१११ मा जानकारी गराइदिन समेत महिला सेलले अनुरोध गरेको छ । प्रहरीले विगतमा पनि सेफ्टी पिन क्याम्पेन सञ्चालन गरेको थियो ।