देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकसातापछि संसद बैठक आज, सहमतिको प्रयास शून्य

देशान्तर

काठमाडौं । एकसातादेखि स्थगित व्यवस्थापिका संसद्को बैठक शुक्रवार बस्दैछ ।  बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिए पनि कार्यसूचीमा समावेश गरिएको छैन । संविधान संशोधनका विषयमा दलहरुबीच सहमति जुटोस् भनेरै संसद बैठक एक हप्तासम्मको लागि स्थगित गरिएको थियो ।

तर यसबीचमा दलहरु माझ कुनै छलफल भएको छैन । सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् । दलहरु संशोधन विधेयक पास र फेल गराउने रणनीतिमा लागेकाले निर्वाचनसँग सम्बन्धित विधेयक प्राथमिकतामा नपरेको हो ।

]]>