काठमाडौं । निर्वाचन आयोगमा तीनजना नयाँ आयुक्तहरु नियुक्त गर्ने विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो २ बजेका लागि परिषदको बैठक बोलाएका छन् ।
निर्वाचन आयोगका आयुक्तहरु नियुक्तिको विषय बैठकको प्रमुख एजेण्डा रहेको बताइएको छ । संविधानमा निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त सहित ५ जना आयुक्तहरु रहने उल्लेख छ ।
तर हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र आयुक्त ईला शर्मामात्रै छन् । मन्त्रिपरिषद कार्यालयले काटेको पत्रमा निर्वाचन आयोगका आयुक्तहरु नियुक्त गर्नुपर्ने भएकाले बैठक राखिएको बताइएको छ ।
सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेका बेलामा संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगलाई पुर्णता दिने तयारी थालेको हो । मधेसी मोर्चासँग सहमति गरेर निर्वाचन मिति घोषणा गर्ने र निर्वाचन कानुन संसदबाट पारित गर्ने सत्तारुढ दलहरुबीच यसअघि सहमति भएको थियो ।
]]>
प्रतिक्रिया