देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामिडाँडा गाउँपालिका जोगाउन संरक्षण समिति गठन

देशान्तर

काठमाडौं । खोटाङ जिल्लाको लामिडाडा गाउँपालिकाका स्थायी बासिन्दाहरुको राजधानिमा आयोजित एक भेलाले ४३ सदस्यीय ‘लामिडाँडा गाउँपालिका संरक्षण समिति’ गठन गरेको छ ।

लामिडाँडा गाउपालिकालाई संरक्षण गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो । भेलामा सहभागीहरुले रावा वेसिमा वसोवास गर्नेहरुको भावना अनुरुप स्थानीय तह पुनर्सरचना आयोगले साविकका ६ वटा गाविसको भुगोल नटुक्राई एउटै लामिडाँडा गाउँपालिका निर्माण गरेकोप्रति खुसी व्यक्त गरे । उक्त गाउँपालिका प्रस्ताव गरेकोमा भेलाले आयोगलाई धन्यवाद समेत दिएको छ ।

‘स्थानीयले माग गरे अनुरुप गाउँपालिकाको नामाकरण रावा वेसि प्रस्ताव नगरिएपनि सिमाकंन भने बमोजिमनै भएकाले हामीले यसलाई स्वागत गरेका हौं’, नेपाली कांग्रेसका स्थानीय नेता सुभाष पोखरेलले भने ।

आयोगको सिफारिसमा लामिडाँडा गाउँपालिका अन्तगर्त खार्पा, लामिडाँडा, दुबे, डुम्रे, कुभिन्डे र हौचुर गाविसहरु समेटिएका छन् । आयोगले गरेको यो प्रस्तावलाई फेरबेदल गर्ने चलखेल भएको भन्दै त्यसैलाई रोक्न संरक्षण समिति गठन गरिएको भेलामा सहभागिहरुले बताए । गठित समितिमा लामिडाँडा गाउँपालिका अन्तर्गत समेटिएका ६ वटै गाविसकाहरुका प्रतिनिधि सदस्य छन् ।

प्रत्येक ६ गाविसलाई प्रतिनिधित्व गर्न एक जना संयोजक सहित ७ सदस्यीय समिति गठन गरिएको हो । यी छ वटा समितिको मुल संयोजक दुवेका पुकल गुरुङलाई तोकिएको छ ।

यसैगरी गाविसको तर्फवाट क्रमसः दूवेवाट निम प्रसाद पाण्डे, डुम्रेवाट दिवस निरौला, हौंचुरबाट जयप्रकाश श्रेष्ठ, कुभिण्डेबाट लालवहादुर आले मगर, खार्पाबाट प्रदिप पोखरेल र लामिडाँडावाट प्रकाश खतिवडालाई संयोजक तोकिएको छ ।

प्रत्येक गाविस अन्तर्गत गठन गरिएको समितिमा संयोजक सहित ७ सदस्य छन् । ति सबै सदस्य र संयोजक सदस्य रहने गरी पुकल गुरुङको संयोजकत्वमा ४३ सदस्यीय मुल संरक्षण समिति गठन गरिएको छ ।

४३ सदस्यी संरक्षण समितिलाई संरकक्षत्व प्रदान गर्न ६ सदस्यीय बेग्लै समिति समेत गठन गरिएको छ । जसमा सुवास पोखरेल, हरि पोखरेल, प्रेम लामा, राजनकुमार दहाल, फट्टिक श्रेष्ठ,  डा। चेत कुमारी गुरुङ लगायत छन् ।

भेलाले चार वटा महत्वपूर्ण प्रस्ताव समेत पास गरेको छ । हाल आयोगले गाउपालिका र केन्द्रका विषयमा निक्र्यौल गरेको नामाकरण स्वीकार गरेपनि पछि स्थानीयबासिन्दाको अनुमतिले रावा वेसि गाउपालिका राख्ने र केन्द्रको हकमा हरमटार तथा त्यसको आसपासको भूगोललाई कायम गर्ने निर्णय गरिएको छ ।

साथै आफ्नो गाउपालिकाको संरक्षण गर्दै खोटांङमा अवस्थित अन्य गाउँपालिका तथा नगरपालिकालाई संरचनात्मक सहयोग गर्ने निर्णय सहितको प्रस्ताव पास गरिएको छ ।

भेला राजधानीको कृष्णभोग पार्टी प्यालेसमा सम्पन्न भएको थियो । समितिको एक कार्यालय समेत काठमाण्डौमा रहने भएको छ । भेलाको अध्यक्षता फट्टिक श्रेष्ठले गरेका थिए ।

भेलालाई नेपाली कांगे्रसका जिल्ला नेता सुभास पोखरेल, एमालेका हरी पोखरेल, समाजसेवि तथा व्यवसायी प्रेम लामा, महीला बुद्धिजिवी डा. चेत कुमारी गुरुङ, नेपाल सरकारका पूर्व सचिव माधव रेग्मी, राकेश राई, बलराम पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

]]>