देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहित्यकार सरुभक्तलाई मातृशोक

देशान्तर

काठमाडौं । नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्त श्रेष्ठलाई मातृशोक परेको छ । आमा लक्ष्मीमाया श्रेष्ठको मंगलबार बिहान ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनलाई मुटु सम्बन्धि समस्या र निमोनियाको उपचारका लागि पोखराको फिस्टेल अस्पतालमा राखिएको थियो ।

उनको शवलाई हाल पोखरा–१ बाघबजारको घरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको मंगलबार नै गाईघाटमा दाहसंस्कार गरिने कवि तीर्थ श्रेष्ठले बताए । उनका ५ छोरा र २ छोरी छन् । उनका श्रीमानको साढे ३ वर्षअघि निधन भइसकेको छ ।