देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पश्चिम सेती निर्माणको लागि नेपाल र चिनबिच संयुक्त लगानी गर्ने सम्झौता

देशान्तर

काठमाडौं ।

७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

आज प्राधिकरणको केन्द्रीय कार्यालयमा दुई कम्पनीबीच सम्झौता भएको हो । संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौता प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि मात्रै आज अन्तिम रुप दिएर फाइनल सम्झौता भएको छ । प्रारम्भिक सम्झौतालाई थ्रि गर्जेजको बोर्डले लामो समय पास गरेको थिएन । यसैका कारण आयोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन । गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।

फेब्रेअरी २०१२ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता भएको थियो । कम्पनीको प्राविधिक टोलीले आयोजना स्थल प्रदेश ७ का डोटी, बैतडी, बझाङ र डडेलधुरा पुगेर भौगर्भिक अध्ययन गरिसकेको हो ।