देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालमैत्री समाज अहिलेको आवश्यकता’

देशान्तर

काठमाडौं,
बालश्रम मुक्त गर्नको लागि नीतिगत सुधार आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपालमा बाल संरक्षणका बिद्यमान सवालहरु बिषयक राजधानीमा भएको कार्यक्रममा उनीहरुले बालमैत्री समाज अहिलेको आवश्यकता भएकाले समाजबाटै नीतिगत सुधार जरुरी रहेकोमा जोड दिए ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारा धितालले संविधानमा उल्लेख भएका बाल अधिकारका बिषयहरु कार्यान्वयन गर्नु प्रमुख दायित्व रहेको भन्दै त्यसकालागि समितिले काम गरी रहेको जानकारी दिए ।

उनले बालबालिकाको अधिकारको क्षेत्रमा केहि सुधार हुदै गएको भन्दै अहिले ९७ प्रतिशत बालबालिका बिद्यालय पुग्ने गरको तथ्याङ्क प्रस्तुत गरे । बाल मुत्यु दर घट्दै गएको तर, बालबालिकामाथि हुने हिंसाजन्य घटना भने नरोकिएको उनले बताए । बालअधिकारको क्षेत्रमा कार्यरत गैह्र सरकारी संघ संस्थाहरुले भने बालबालिकाको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै यसलाई ग्रामीणमुखी बनाउन सुझाव दिए । घर र प्रारम्भिक विद्यालय तहबाट बालबालिकाका सवालमा चेतनाबिस्तार गर्नु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा देशभरबाट आएका बाल क्लबमा आवद्ध बालबालिकाको सहभागिता थियो ।