काठमाडौं,
नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । महासंघले १५ औँ हस्तकला मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्षझैँ यो वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको र सो मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो ।
हाल नेपाली हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपेली मुलुकहरु फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकला निर्यात हुँदै आएको छ । स्वदेश तथा विदेशमा नेपाली हस्तकला झण्डै १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतिक्रिया