देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेकै कारण मदन भण्डारीको हत्या

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खााणले कम्युनिष्ट शासन नेपाली जनताले स्वीकार गर्न नसक्ने दाबी गरेका छन ।

मंगलबार रुपन्देहीको बुटवलमा प्रदेश नम्बर–५ को चुनावी प्रचार डेस्कको उद्घाटन गर्दै उनले कांग्रेसलाई सिध्याउने रणनीतिका साथ कम्युनिष्ट गठबन्धन गरेका एमाले–माओवादी आफैं सिद्धिने अवस्था सिर्जना हुदै गएको बताए ।

कार्यक्रममा उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जितेपछि रुपन्देहीलाई मुलुककै एक नम्बरको जिल्ला बनाइने भन्दै वामपन्थीको जितले विकास हुन नसक्ने उल्लेख गरे ।

उनले बहुदलीय प्रतिस्पर्धा स्वीकारेकैले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको दाबी गर्दै छानबिन गरी दोषी पत्ता लगाउन माग पनि गरे ।

कार्यक्रममा स्वास्थ्यमन्त्री एवं राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहराले प्रदेशको राजधानी रुपन्देहीमा बनाउने, सुनौली–कोरला जोड्ने बाटो बनाउने र लुम्बिनीलाई विश्व मानचित्रमा स्थापित गर्न लोकतान्त्रिक गठबन्धन गरिएको बताए ।