देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माथिल्लो कर्णाली र अरुण तेश्रोका लागि वित्तीय व्यवस्थापनको समय थप

देशान्तर

काठमाडौं

लगानी बोर्डले माथिल्लो कर्णाली जलविद्युत आयोजना र अरुण तेश्रो आयोजनाका प्रवद्र्धक कम्पनीलाई वित्तीय व्यवस्थापनका समय थप गरेको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी जिएमआरलाई वित्तीय व्यवस्थापनका लागि दोश्रो पल्ट थप एक वर्ष समय दिएको हो । २०७१ सालमा परियोजना विकास सम्झौता पिडिए गरेको जिएमआरले २०७३ साल असोजसम्ममा वित्तिय व्यवस्थापन गरिसक्नु पर्ने थियो । तर उसले तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकेपछि लगानी बोर्डले यसअघि न उसलाई एक वर्ष समय थपिसकेको छ । लगानी बोर्डको २८ औं बोर्ड बैठकले एक वर्ष म्याद थप गरेपछि जिएमआरले २०७५ साल असोजसम्ममा बित्तीय व्यवस्थापन गर्नु पर्ने छ । ९ सय मेगावाट क्षमताको यो आयोजनाबाट निस्किने विजुली मध्ये ४ सय मेगावाट बंगलादेशलाई र २ सय मेगावाट भारतको हरियाणा राज्यलाई बेच्ने सहमति भइसकेको जिएमआरले बताउँदै आएको छ ।
यस्तै ९ सय मेगावाट क्षमताकै अरुण तेश्रो जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी सतलज जलविद्युत निमगलाई पनि लगानी बोर्डले वित्तीय व्यवस्थापनका लागि ६ महिनाको समय दिएको छ । यसले पनि पोहोर मंसिरमा नै बित्तीय व्यवस्थापनको काम सक्नु पर्ने थियो ।
आयोजनाका लागि संखुवासभामा जग्गा अधिग्रहणको काम गरिसकेको यो आयोजनाका लागि आवश्यक रकम सतलजलाई भारत सरकारले दिने तयारी छ । माथिल्लो कर्णाली र अरुण तेश्रोको आयोजना झण्डै एकै समयमा अघि बढेको भए पनि माथिल्लो कर्णालीको प्रगती ढिलो गतिमा भइरहेको छ । माथिल्लो कर्णालीको तुलनामा अरुण तेश्रोको काम भने अलि छिटो अघि बढेको छ ।