देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इरान र इराकमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२९ जनाको मृत्यु

देशान्तर

काठमाडाै‌ । इराक र इरानको उत्तरी सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२९ जनाको मृत्यु भएको छ । ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पका कारण १२९ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । ३ सयभन्दा धेरै मानिस घाइते छन् ।

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इराकको राजधानी बग्दादमा धेरैले प्राथना गरिरहेका छन् । इरानी समाचार संस्था आइ.आर.आइ.एन.एनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिएका छन् । अरु गाउँमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो ।

आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू बैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।