देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक

देशान्तर

भक्तपुर, तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ कालो अरिङ्गालको डिभिडी आज सार्वजनिक गरिएको छ । रु २५ लाखको लागतमा बनेको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, विपन्न र उत्पीडनमा परेका वर्गमाथि पूँजीपति वर्गले गरेको अन्याय, अत्याचार, शोषण र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गरिएको चलचित्रका निर्माता बिकु थोकरले जानकारी दिए।

कार्यक्रममा लामा गुरु लाक्पा दोर्जे तामाङले डिभिडी सार्वजनिक गर्दै अर्थ अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताए ।

चलचित्रका नायकमा जगे लोप्चन, नायिकामा सुनिता लुङ्बा, खलनायकमा थोकर, नृत्यमा सिर्जना तामाङ, सुष्मा मुक्तान, सफल दोङलगायत कलाकारको भूमिका छ । चलचित्रको निर्माण थोकर फिल्म्स प्रालि र निर्देशन शंकर महर्जनले गरेको बताइएको छ ।

चलचित्रमा संगीत विशाल कल्ताङ र विशाल थिङ तथा रचना कुमार श्याङ्वाको रहेको छ । चलचित्रको कथा ऋतुराज पाख्रिनले लेख्नुभएको छ । चलचित्रको नृत्य निर्देशन अजय श्याङतानले गर्नुभएको छ ।

देशका १४ जिल्लाका ३५ ठाउँमा प्रदर्शन गरिएको उक्त चलचित्रबाट आम्दानी भएको रु ३५ लाखमध्ये रु १५ लाख गुम्बा र मन्दिर निर्माणमा सहयोग पु¥याउनाका साथै मिर्गौला तथा अर्बुद रोगीका उपचारमा समेत खर्च गरिएको निर्माता थोकरले जानकारी दिए ।