देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाइरल ज्वरोका कारण मुगुमा ४ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ ।

मुगुको पश्चिम खत्याड गाउँपालिकामा ३ साता अघिदेखि फैलिएको भाइरल ज्वरोको कारण ४ जनाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा ४ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
जिल्लाको खत्याड गाउँपालीका वडा नं. १,२,३,४,५,६ र ७ का बिभिन्न गाउँ वस्तीहरुमा ६ सय भन्दा बढी मानिस भाइरल ज्वरोका कारण थला परेका छन् । गाउँमा मानिसहरु सयौँको संख्यामा बिरामी परेको भएपनि अmझैसम्म औषधि उपचार पाएका छैनन् ।
स्वास्थ्य चौकी गम्थामा बिरामीको चाप बढिरहेपनि स्वास्थ्य चौकीमा औषधि नहुँदा रोगले भयानक रुप लिन थालेको स्वास्थ्य चौकीका अहेब जयपृथ्वी डागरलले जानकारी दिए ।