देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब सार्वजनिक सवारीका चालक र सह चालकका लागि ‘युनिफर्म’

देशान्तर

काठमाडौं,

उपत्यकामा गुड्ने सार्वजनिक सवारीका चालक तथा सह(चालकलाई विशेष पोशाक युनिर्फम को व्यवस्था गरिने भएको छ । यातायात मजदुरको पहिचान झल्किने गरी विशेष पोशाक तोक्ने तयारी गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको छ ।

पहिलो चरणमा भएको छलफलमा नै उपत्याकका झण्डै ५० वटा यातायात समितिले युनिर्फम तोक्ने विषयमा सहमति जनाएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।