काठमाडौं ।
क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालको विश्वका १५३ देशसँग सम्बन्ध विस्तार भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्व संस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरे । न्यूयोर्क्स्थित स्थायी नेपाली नियोगका अनुसारआज उक्त नियोगमा आयोजित एक कार्यक्रममा दुवै मुलुकका राजदूतले समझदारीपत्रमा हस्ताक्षर गरी उनीहरुले त्यससम्बन्धी जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दिएका छन् । समझदारीपत्रमा हस्ताक्षर गरेपछि दुवै राजदूतले पारस्परिक सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र पर्यटन प्रवद्र्धनबारे छलफल गरेका थिए ।
प्रतिक्रिया