देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सा निकुञ्जमा रहेका लोपोन्मुख जनावर चोर, तस्करबाट : असुरक्षित

देशान्तर

काठमाण्डौ ,

जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेका लोपोन्मुख जनावर यतिबेला असुरक्षित छन् । हिँड्न सुरक्षित तथा छुट्टै बाटो नभएकाले आवतजावत गर्ने क्रममा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ । निकुञ्जभित्र हुने काठ चोरी निकासी, उद्योगबाट निष्कने धुँवाले जनावरलाई असर पारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताएका छन् ।

अघिल्लो वर्ष सवारीसाधनको ठक्करबाट निकुञ्जभित्र रहेका ११ जनावर मरेका थिए । ६२७।३९ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जको पूर्वमा धार्मिक रंतपुरी जंगल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजोन र दक्षिणमा निर्मलवस्ती र सुवर्णपुर रहेको छ । पर्यटकीय दृष्टीकोणले अति महत्वपूर्ण रहेको सो निकुञ्जमा बाघ, हात्ती, गैँडा, चौँरीगाई, मृगलगायत जनावर रहेका छन् । त्यहाँ वार्षिक दुई हजारभन्दा बढी बाह्य पर्यटक भित्रिने गरेका छन् ।

निकुञ्जभित्र रहेको धार्मिक आस्थाको प्रतीक हलखोरीया दह, कामिनीदह, मायादेवी मन्दिर, कुलेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्नसके यसले आन्तरिक तथा बाह्य पर्यटनमा थप टेवा पुग्ने देखिन्छ ।सुख्खा ठाउँ भएकाले निकुञ्जमा आगलागी, जनावरका लागि पानीको समस्या, काठ तस्करी नियन्त्रणको समस्या, वन्यजन्तु र मानवबीचको द्वन्द्व, हात्तीले मानवीय क्षति पुर्याउने, बाघ चितुवाले छेउछाउको बस्तीमा गएर चौपाया मार्ने, ढुंगा, गिट्टी, बालुवा, चोरी निकासीजस्ता चुनौती निकुञ्जमाथि थपिँदै गएको छ ।

अवैध चोरी शिकारी रोक्न निकुञ्जभित्र सिसिटिभी क्यामरा जडान गरिए पनि चोरी निकासी रोकिएको छैन । पथलैया–अमलेखगञ्जसम्म निकुञ्जको बीचमा नौ किलोमिटर कालोपत्र सडक रहेको छ । सो सडक भएर सवारीसाधन आवतजावत गर्ने र त्यही सडक भएर निकुञ्जका जनावर ओहरदोहर गर्ने हुँदा जनावरको सुुरक्षामा जटिल समस्या देखिएको निकुञ्जले जनाएको छ ।