काठमाण्डौ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहमा सक्रिय दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
सरकारी होलोग्राम बनाउन सक्रिय धादिङको निलकण्ठ घर भई महराजगंजमा फोटो स्टुडियो संचालन गरी बसेका ४० वर्षीय शालिकराम अधिकारी र वितरणमा सहयोग गर्ने संखुवासभा मादी १ घर भई नयाँ बानेश्वर बस्ने ३२ वर्षीय यज्ञराज कार्कीलाई पक्राउ गरेको हो । शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमती पत्र, नेपाली सेनाका परिचयपत्र लगायतका कागजात बनाई सर्वसाधरणबाट रकम असुलेको सूचनाका आधारमा उनीहरुलाई महाराजगंजबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।
उनीहरुका साथबाट यातायात व्यवस्था कार्यालय बागमतीको अंग्रेजी लिपीको स्ट्याम्प, नेपाल आर्मी लेखिएको होलो ग्राम, नेपाल सरकार लेखेको होलो ग्राम, विभिन्न व्यक्तिको नामको सवारी चालक अनुमत पत्र लगायतका कागजात बरामद गरिएको सिआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरु माथि छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया