देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेबनान प्रधानमन्त्रीद्धारा पदबाट राजीनामा

देशान्तर

काठमाडौं । लेबनानका प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएका छन् । आफूलाई ज्यानको जोखिम रहेको भन्दै उनले राजीनामा दिएको बीबीसीले लेखेको छ । उनले साउदी अरबबाट टेलिभिजन सम्वोधन गर्दै राजीनामा घोषणा गरे जसलाई अप्रत्याशित भनिएको छ ।

उनी केही दिनयता साउदी अरबको भ्रमणमा छन् । सन् २००५ मा उनका पिता एवम् पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै उनले भनेका छन । मलाई निशाना बनाउनका लागि गुपचुप तरिकाबाट योजना बनिरहेको छ । साद अल हरिरी गत वर्ष नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए ।

सम्वोधनको क्रममा उनले इरान समर्थक शिया हिजबुल्लाह र इरानको आलोचना गरेका थिए । साउदी अरेबिया इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो ।