देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्व.गिरिजाप्रसाद कोइराला कै भाषामा उत्रिए दाहाल

देशान्तर

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्बोच्च अदालत नसच्चिए विघठित संसद पुनःस्थापना हुने बताएका छन ।

सर्बोच्च अदालतले संसद विगठनभई अर्को संसदको निर्वाचनको मिति घोषण भईसकेको अवस्थामा निर्वाचन भाड्ने मनसायले आदेश दिएको भन्दै आक्रोस पोखेका छन ।

दाहालले पुर्ब प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजासंग संसद पुनःस्थापना गराउन बाध्य बनाए जस्तै बाध्य बनाएर संसद पुनःस्थापना गरीने चेतावनी समेत दिएका छन ।

उनले तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले असहज परिस्थितिमा पनि संसद पुनःस्थापित गराएर प्रजातन्त्रको रक्षा गरेको स्मरण गराउदै निर्वाचनको मिति घोषणा भई संसद अन्त्य भएको अवस्थामा सर्बोच्चले गलत मनसाय राखेको बताए ।

बुधबार सर्वोच्चले प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्न ‘बाध्यकारी’ रहेको जनाउँदै त्यस विषयमा भएको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको विषयप्रति दाहालले आपत्ति जनाएका हुन् ।

बिहीबार माओवादी नेता लक्ष्मण पन्तको पुस्तक ‘अधुनिक नेपालको इतिहास’ विमोचन गर्दै दाहालले सर्वोच्चको निर्णयप्रति आपत्ति जनाउदै प्रजातान्त्रिक प्रक्रियाबाट हुने निर्वाचन रोक्ने नैतिक अधिकार कार्यपालिका र न्यायपालिकालाई नभएको बताए ।

दाहालले रुपान्तरित संसद् निर्वाचन प्रयोजनका लागि विघटन भएको भन्दै विभिन्न षडयन्त्रमार्फत् निर्वाचन बिथोलिए संसद् पुनःस्थापित हुने संसदीय व्यवस्था अनुसार निर्वाचन बिरोधीहरुमाथि कारवाही चलाउने चेतावनी दिए ।