काठमाडौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धन बने पनि कांग्रेस एकभए निर्वाचन जित्ने दाबी गरेका छन् ।
भारतको कोलकातामा बसेर उद्योग व्यवसाय गरेका सर्लाहीका दिनेश सिंहलाई पार्टी प्रवेश गराउँदै कोइरालाले एक भएर निर्वाचन लड्दा कांग्रेस आत्तिनु नपर्ने बताएका हुन् ।
उनले वामपन्थीले तालमेल गरेर ध्रुवीकरण गरे तर, यसबाट कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताए ।
कोइरालाले कांग्रेसले पनि केही दलसँग तालमेलको प्रयास गरिरहेको भन्दै कांग्रेस एकजुट भएर निर्वाचन लड्दा जित निश्चित भएको बताए । वाम गठबन्धनबाट नआत्ति चुनावी प्रचारमा लाग्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन ।
कोइरालाले आफ्नै निवास महाराजगन्जमा सोमबार आयोजित कार्यक्रममा सिंहलाई कांग्रेसको साधारण सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । कोइरालाले कांग्रेस सबैको रोजाइको पार्टी भएको पनि जिकिर गरे ।
सिंहले भारतमा लामो समय व्यापार र सामाजिक काममा सक्रिय रहे पनि अब कांग्रेसमा आबद्ध भएर जनताका लागि काम गर्ने बताए ।
प्रतिक्रिया