कैलाली । कर्णाली नदीमा डुबेर कैलालीका दुई बालबालिका बेपत्ता भएका छन् । मोहन्याल गाउँपालिका–७ पितमारीमा नुहाउने क्रममा कर्णाली नदिमा डुबेर बेपत्ता ती बालबालिका बेपत्ता भएका हुन् ।
तिहारमा देउसीभैलो खेलेको रकम जम्मा गरेर पिकनिक खान गएका दुईजना कर्णाली नदिमा डुबेर बेपत्ता भएका ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
उनका अनुसार लम्कीचुहा नगरपालिका २ का जगन्नाथ धमलाका १४ वर्षिय छोरा चक्र धमला र रामप्रसाद धमलाकी १० वर्षिया छोरी शर्मिला धमाला कर्णाली नदिमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालबालिकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
गत असोज १५ गते कर्णाली नदीको सोही स्थानमा डुबेर बेपत्ता भएका टीकापुरका मुकुन्द न्यौपाने र रमेश न्यौपानेको शब अझैसम्म फेला परेको छैन । उनिहरुको शव अहिले सम्म समेत भेटिएको छ
प्रतिक्रिया