देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भवन आचारसंहितामा कडाइ गर्न नगरलाई निर्देशन

देशान्तर

काठमाडौँ – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई भवन आचारसंहिता लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्राचार गरी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलको अनुरोधअनुसार यस्तो निर्देशन दिएको प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

महिला मन्त्रालयले नगरपालिकालाई अपांगतामैत्री संरचना निर्माण गर्न सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतीक्षालय, पार्किङस्थल, मनोरञ्जनस्थल, सम्मेलन केन्द्र, चलचित्र घरजस्ता सार्वजनिकस्थल र सर्वसाधारणका लागि खुला गरिएका व्यावसायिक तथा आवासीय भवनजस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त ¥याम्प, लिफ्ट, ढोका, झ्यालको व्यवस्था गर्न अनुरोध गरेको छ ।