गोरखा – नयाँ शक्तिका संयोजक बावुराम भट्टराईले बामगठबन्धनका नेताहरुको निषेधकारी नीतिका कारण बाहिरिनु परेको बताएका छन् । सोमबार गृहजिल्ला गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराइले एमाले र माओवादीको दाउपेचले बामपन्थी गठबन्धनमा टिक्न नसकेको गुनासो गरेका हुन् ।
चुनावपछि एमाले र माओवादीबीच पार्टी एकता नहुने दाबी समेत उनले गरे । बामपन्थीहरु रुपान्तरण भएर समाजबादी शक्ति बन्नु पर्ने बताउँदै भट्टराइले बामपन्थी र लोकतान्त्रिक भनेर कित्ताकाट नगरी दुई शक्ति मिले मात्रै देशमा परिवर्तन सम्भव हुने जिकिर गरे ।
यसैबीच माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने बाबुराम भट्टराई आफ्नै प्रवृतिका कारण वाम गठवन्धनबाट बाहिरिएको बताएका छन् । गोरखामा आजै श्रेष्ठले पत्रकार सम्मेलन गरी पार्टी फेर्दै हिँड्ने प्रवृत्तिका कारण बाबुराम वाम गठबन्धनबाट बाहिरिएको जिरिक गरेका हुन् ।
अबको समयमा बहुमतको स्थिर सरकार आवश्यक रहेकाले सुदृढ र सशक्त संगठन भएको गठवन्धनले मात्र आवश्यकता पूरा गर्न सक्ने दावी गर्दै श्रेष्ठले भट्टराईको गठवन्धनबाट यो सम्भव नभएको तर्क गरे । अहिलेको वामगठवन्धन चुनाव पश्चात पार्टी एकीकरणतर्फ जाने उनले दाबी गरे ।
प्रतिक्रिया