देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त

देशान्तर

काठमाडौं । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृहसचिव रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीले उमेर हदका कारण मंगलबार (भोलि)देखि अवकाश पाउने भएपछि सरकारले रेग्मीलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ ।

पोखरेलले आगामी निर्वाचनमा प्यूठानबाट उम्मेदवारी दिने चाहना राख्दै प्राधिकरणको कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । प्राधिकरणको जिम्मेवारी तत्कालका लागि पूर्वअर्थसचिव युवराज भुसाललाई दिने निर्णय बैठकले गरेको छ ।

यसैगरी, मन्त्रिपरिषदले केही सचिवको जिम्मेवारी हेरफेर गरेको छ । पर्यटन मन्त्रालयका सचिव रहेका शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय बैठकले गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहमा र हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सामान्य प्रशासनको सचिवमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

मुख्यसचिवका दावेदार ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगको सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी, वन मन्त्रालयका प्रकाश माथेमालाई पशुपंक्षी, लोकसेवा आयोगका मधुप्रसाद रेग्मीलाई शिक्षा, तथा पशुपंक्षीका युवकध्वज जिसीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।