भक्तपुर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले बुधबार आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको भन्दै देशमा पूर्ण रुपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी रहेको बताए । त्यसैले देशको महत्वपूर्ण दोस्रो चाड एवं पर्वको रुपमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नु पर्ने स्पष्ट परे ।
मन्त्री बस्नेतले व्यक्तिगत स्वार्थ र आरोप प्रत्यारोपलाई त्यागेर मुलुकका लागि अगाडि बढ्ने समय आएको चर्चा गर्दै दलीय र व्यक्तिगत स्वार्थमा लागेर अब देशलाई अलमल्याउने समय नभएको बताए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरेर संविधान पूर्णरुपमा कार्यान्वयन गराइ मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ, यसमा सबै पक्ष लाग्नु आवश्यक रहेको बताए ।
प्रतिक्रिया