बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि बेइजिङमा सुरु भएको छ । सम्मेलन बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु भएको हो । सम्मेलनका लागि बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्मेलनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्नेछ । कंग्रेसमा सहभागिताका लागि चीनका विभिन्न क्षेत्रबाट २ हजार २ सय ८७ जना प्रतिनिधि छानिएका छन् । सम्मेलन एक हप्तासम्म चल्ने अनुमान गरिएको छ ।
नेशनल कंग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सम्मेलनको सबै तयारी पूरा भएको छ । सम्मेलनका लागि ग्रेट हल अफ दि पिपुललाई सिंगारेर चिटिक्क बनाइएको छ ।
प्रतिक्रिया