देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्काल सरकार नछाड्ने माओबादीको निर्णय

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले चुनाव सार्ने तयारी गरेको भन्दै सरकारबाट पछि हट्ने निर्णय अहिलेलाई स्थगित भएको बताएको छ ।

माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मंगलबार यस्तो जानकारी गराएका हुन् ।

सरकारबाट हट्ने निर्णयको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगबाट प्राप्त सूचनाअनुसार निर्वाचन सार्ने तयारी भएकाले अहिले सरकारबाट हट्ने निर्णय पनि स्थगित गरिएको बताए ।

मन्त्री शर्माले मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टीले प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट लेखिएको पत्रको ड्राफ्ट तयार हुँदै गर्दा निर्वाचन सार्ने तयारी हुँदैछ भन्ने निर्वाचन आयोगबाट जानकारी आएको बताए ।

उनले अहिले हामी निर्वाचन गराउनका लागि सरकारमा सहभागी भएकाले हाम्रो निर्णयमा केही परिवर्तन भएका बताए ।निर्वाचन सार्ने प्रपण्च भएकाले सरकारबाट बाहिरिने निर्णयबाट पछि हटेको भन्दै उनले निर्वाचन आयोगमार्फत आएको सूचना गलत नभएको बताए ।

गृहमन्त्री शर्माले सरकारबाट हट्ने निर्णयमा हस्ताक्षर हुने तयारी हुँदै गर्दा निर्वाचन सार्ने सूचना प्राप्त भएपछि निर्वाचन गर्ने सर्तमा हामीलाई विना विभागीय बनाउने भनिएको छ यो प्रधानमन्त्रीको अधिकारको कुरा एको बताए । उनले मन्त्रीको लोभले आफूहरु सरकारमा रहिरहन नखोजेको पनि बताए ।