देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैर आवसीय नेपाली संघ अध्यक्षमा भवन भट्ट विजयी

देशान्तर

काठमाडौं । गैर आवसीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा भवन भट्ट विजयी भएका छन्। मंगलबार बिहान साढे २ बजे आएको मतपरिणाम अनुसार प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई झण्डै साढे ५ सय मतले पछि पार्दै भट्ट विजयी भएका हुन्। भट्टले मत ११९७ अर्थात ६६ प्रतिशत मत ल्याई जित हात पारे। अध्यक्षको लागि तीन जना प्रतिस्पर्धीले उम्मेदवारी घोषणा गरेपनि अन्तिम समयमा टीवी कार्कीले उम्मेदवारी दिएका थिएनन्। भट्टले आइतबार बेलुका नै उम्मेदवारी दर्ता गराएका थिए।

त्यसपछि घलेलाई सहमतिमा ल्याउनको लागि प्रयास गरिएता पनि सहमति हुन नसकोपछि सोमबार बिहान उम्मेदवारी दर्ता गरेकी थिइन्। विद्युतिय प्रणालिबाट मतदान गरिएको कारण बदर मत भने आएन। भट्टलाई संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जिवा लामिछानेको साथ थियो। त्यस्तै खुल्ला उपाध्यक्ष कुमार पन्ट्ट र कुल आचार्य विजयि भएका छन्। महिला उपाध्यक्षमा सपिला राजभण्डारी विजयी भएकी छन्। महासचिवमा बद्री केसी, सचिवमा डिवी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा विजयी भएका छन्।

एनआरएनए सन् २००३ सालमा स्थपना गरिएको संस्था हो। यसका संस्थापका अध्यक्ष डा उपेन्द्र महतो रहेका छन्। महतोपछि यो संस्थामा देवमान हिराचन, जिवा लामिछाने र शेष घलेले नेतृत्व गरिसकेका छन्। को हुन् भट्ट एनआरएनएमा जापबाट प्रतिनिधित्व गर्ने भट्ट एनआरएनएको निर्वतमान उपाध्यक्ष हुन्। जापनमा १२९ होटल तथा रेष्टुरामा लगानी गरेका छन्। नेपालमा सञ्चार, हाइड्रो, शिक्षा, पर्यटन, पूर्वधार लगायतका २९ वटा संस्थामा उनको लगानी रहेको छ। नेपालको गोरखा जिल्लामा जन्मिए भट्ट जापन गएपछि सुरुवाती चरणमा भाडा माझ्ने काममा लागेको बताउछन्।