काठमाडौं । नेपालीहरुको महानपर्व कार्तिक कृष्ण त्रयोदशीका दिन आज देखी तिहार पर्व सुरु भएको छ । यमपञ्चकको पहिलो दिन कागलाई विभिन्न परिकार भोजन गराएर कागको पुजा गरिदैछ । काग पूजा देखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन्, भन्ने मान्यता छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मरण गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सीधैँ पितृले पाउँछन् भन्ने ज्यातिषीय मान्यता रहेको छ । निकै चतुर पक्षीका रुपमा कागलाई लिईन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले पनि काठमाडौं जयवागेश्वरी स्थित धन्वन्तरी पीठमा पूजाअर्चना गरेर मनाईदैछ ।
प्रतिक्रिया