काठमाडौँ । ८८ किलो सुन काण्डमा मुख्य भूमिका रहेको खुलेपछि रसुवाका मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई आइतबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो ।
नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत रहेका तामाङलाई ८८ किलो सुन काण्डमा पक्राउ परेका अभियुक्तले नाम बोलेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ८८ किलो सुनको नेपालतर्फ क्लियर बनाउने जिम्मा पनि उनकै भएको अनुसन्धानबाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया