देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन आयोगद्धारा प्रदेश र प्रतिनिधिसभाका लागि नमुना मतपत्र तयार

देशान्तर

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शिक्षाका लागि नमुना मतपत्र तयार पारेको छ ।

आयोगका अनुसार समानुपातिकको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छाप्न सुरु भईसकेको र समानुपातिककै नमुना मतपत्र पनि तयार गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन चाहने सबै दलले प्रदेशसभाका लागि निवेदन नदिएकाले एउटै मतपत्रमा दुई खण्डमा विभाजन गरी छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब समानुपातिक मतदानका लागि पनि एउटै मतपत्रका दुई खण्डमा एक–एक ओटा छाप लगाउनुपर्ने भएको छ । माथिल्लो खण्डको भोट प्रतिनिधिसभाको समानुपातिक प्रतिनिधिको लागि हुनेछ भने तल्लो भोटले प्रदेशसभाको समानुपातिक प्रतिनिधि चयन गर्ने आयोगले जनाएको छ ।

प्रत्यक्षका लागि भने उमेदवारीअनुसार मतपत्र छापिने र यसमा पनि माथिल्लो भागमा प्रतिनिधिसभाको उमेदवार र तल्लो भागमा प्रदेशसभाको उमेदवारलाई भोट गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।