काठमाडौं । प्रधानमन्त्री शेरबहादुरले देउवाले मन्त्रिमण्डल विस्तारले निर्वाचनमा कुनै असर नपर्ने बताएका छन । व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान अन्र्तगत नै रहेर मन्त्रिमण्डल विस्तार गरेको दावी गरेका छन ।
देउवाले प्रदेश नम्बर २ को निर्वाचन अगाडी समेत मन्त्रिमण्डल विस्तार हुँदा विपक्षी दलले प्रश्न नउठाएको तर अहिले आएर प्रश्न उठाउन नमिल्ने दाबी गरेका छन । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले समेत मन्त्रिमण्डल विस्तारले असर नपर्ने बताएको अवस्थामा शंका नगर्न उनले बिपक्षी दललाई आग्रह गरेका छन ।
प्रधानमन्त्री देउवाले प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले आफ्नो सरकारले सम्पन्न गर्ने पनि दाबी गरेका छन । देउवाले वर्तमान संसदबाट युगान्तकारी उपलब्धी भएको बताउदै मूलूकी ऐनलाई समायनुकुल परिवर्तन गरी देवानी संहिता सहित ६ वटा विधेयक पारित गरेर प्रमाणीकरणको प्रक्रियामा रहेकाले ऐतिहासिक क्षण भएको बताए ।
संसदबाट महत्वपूर्ण कानून बनाउन अग्रसरता लिने भन्दै प्रधानमन्त्री देउवाले समाभुख र सदस्यलाई धन्यवाद दिए । प्रधानमन्त्री देउवाले संविधान निर्माणका अतिरिक्त संविधान कार्यन्वयनका लागि थुप्रै कार्यहरु रुपान्तरित व्यवस्थापिका–संसदबाट भएको बताए ।
प्रतिक्रिया