देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देश र जनताको शान्ति सुरक्षामा लाग्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको शान्ति सुरक्षामा समर्पित हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६२ औं प्रहरी दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शान्ति सुरक्षामा कुनै सम्झौता नगरी अगाडि बढ्न प्रहरी संगठनलाई निर्देशन दिएका हुन् ।

अन्तर्रा्ष्ट्रियस्तरमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै देउवाले नेपाल प्रहरीलाई समय सापेक्ष बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई राजनीतिबाट मुक्त राख्नुपर्ने भन्दै निर्धक्क भएर जनताको सेवामा लाग्न निर्देशन दिए । गृहमन्त्री शर्माले जनताको सुरक्षाका लागि टोलटोलमा प्रहरी कार्यक्रमको अवधारणा ल्याएको भन्दै यसलाई प्रभावकारी बनाउन पनि आग्रह गरे ।